गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक

सुनसरीमा दुई समूहबीचको झडपको विषयलाई लिएर उत्पन्न तनावबारे छलफल गर्न सुरक्षा समितिको बैठक डाकिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Home Minister convenes security committee meeting

काठमाडौँ — गृहमन्त्री मन्त्री सुधन गुरुङले सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

सुनसरीमा दुई समूहबीचको झडपको विषयलाई लिएर उत्पन्न तनावबारे छलफल गर्न सुरक्षा समितिको बैठक डाकिएको मन्त्रालयका एक अधिकारीले बताए ।

गृहमन्त्रीले घटनाबारे सोमबार बिहान पनि गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतसँग छलफल गरेका थिए । मन्त्रालयले सुनसरी घटनाबारे छानबिनका लागि सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज गएराति भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ८ प्रदर्शनकारी घाइते भएका थिए । 

कान्तिपुर

Link copied successfully