सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ ।
What you should know
काठमाडौँ — निर्माण थालेको ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अबचाहिँ सञ्चालनमा आउने भएको छ ।
सोमबारदेखि सञ्चालन हुने सुरुङ चौबीसै घण्टा खुला हुनेछ । पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिनेछ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागिमात्रै अनुमति दिइनेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।
सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो ।
सोमबार (११ साउन २०८३) देखि । निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउँदै
एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी
चरणबद्ध रूपमा सबै योग्य सवारीलाई अनुमति दिइने
पैदलयात्री, मोटरसाइकल, तीनपांग्रे र नन–मोटोराइज्ड सवारी
पेट्रोल, डिजेल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी
– कार/भ्यान: रु ६५/६०
– मिनीबस/टिपर: रु ११५/८०
– बस/ट्रक: रु २६०/२००
– हेभी ट्रक: रु ६००/२५०
एन–ट्याग (RFID) र नगद दुवैबाट सुरुमा भुक्तानी गर्न सकिने
कुमारी, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेघा र सानिमा बैंकमार्फत
युसिन–एआरटी जेभीले पाँच वर्ष सञ्चालन तथा व्यवस्थापन गर्ने, एक वर्षसम्म भने जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले मर्मत सम्भार गर्ने
जापानको करिब रु २१.५ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु ६ अर्ब लगानी
