मन्दिर व्यवस्थापन समितिले डा. केसीलाई भन्यो- 'धर्मशाला खाली गरिदिनुस्'

बिहीबारदेखि मन्दिर परिसरको धर्मशालामा सत्याग्रह थालेका डा. केसीलाई कृष्ण मन्दिर व्यवस्थापन समितिले औपचारिक पत्र लेखेरै ठाउँ खाली गर्न भनेको हो ।

श्रावण ८, २०८३

रञ्जना बिसी

The temple management committee told Dr. KC: ”Please vacate the dharmashala.”

कैलाली — धनगढीमा २४औँ अनसन सुरु गरेका डा. गोविन्द केसीलाई उनी अनसन बसिरहेको स्थान छोड्न कृष्ण मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ । बिहीबारदेखि मन्दिर परिसरको धर्मशालामा सत्याग्रह थालेका डा. केसीलाई समितिले औपचारिक पत्र लेखेरै ठाउँ खाली गर्न भनेको हो ।

धर्मशाला व्यवस्थापन समितिले धार्मिक स्थलमा अनसन बस्दा सुरक्षा संवेदनशीलता बढेको र विभिन्न पक्षबाट दबाब आएकाले जनाएको छ । केसीले सुरुमा बस्नका लागि मात्र अनुमति मागेको तर पछि जानकारी नै नदिई अनसन थालेको समितिको दाबी छ ।

डा. केसीका सहयोगी डा. अमृत जैसीले भने व्यवस्थापन समितिको यो कदमप्रति आश्चर्य प्रकट गरेका छन् ।उनले पूर्वजानकारी गराएरै सत्याग्रह सुरु गरिएको दाबी गर्दै अहिले आएर ठाउँ छोड्न दबाब दिनुको पछाडि बाह्य प्रभाव हुनसक्ने बताए । 'व्यवस्थापन समितिबाट धर्मशाला खाली गर्न पत्र आएको छ । डा. केसी अहिले यतै हुनुहुन्छ । अर्को विकल्पबारे अहिले केहि सोचेका छैनौँ,' उनले भने । उनका अनुसार डा. केसीले व्यवस्थापनले हटाउन नै चाहेको भए आफु हट्न तयार रहेको बताएका छन् । 

केसीले  सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नियुक्ति खारेजीसहितका ५ बुँदे माग राख्दै बिहीबार अनसन सुरु गरेका थिए । अनिश्चितकालीन अनसन सुरु गरेका केसी अब कहाँ सर्छन् अन्योल छ ।

रञ्जना

Link copied successfully