रास्वपा सांसदमाथि मसी फालेर दुर्व्यवहार

गढीमाई नगरपाकिाल-४ स्थित पर्सा गाउँमा ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कार्यस्थलमै पछाडिबाट मसी फालिएको हो ।

श्रावण ८, २०८३

शिव पुरी

Rastriya Swatantra Party MP abused by ink attack

रौतहट — रौतहट क्षेत्र नम्बर-४ का रास्वपा सांसद गणेश पौडेलमाथि बिहीबार राति मसी प्रहार भएको छ । गढीमाई नगरपाकिाल-४ स्थित पर्सा गाउँमा ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कार्यस्थलमै पछाडिबाट मसी फालिएको हो । 

सांसद पौडेलका अनुसार कार्यक्रम सकेर जुत्ता लगाउने क्रममा केही मानीसहरूले पछाडि शरीरमा मसी फालेर भागेका हुन् । ‘मसी फाल्ने मान्छे मैले पनि चिन्न सकिनँ,’ उनले भने, ‘प्रहरीलाई जानकारी गराइसकेको छु ।’

एक सातायता सांसद पौडेल आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाटका कार्यक्रममा व्यस्त हुँदै आएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालले सांसद पौडेलमाथि मसी फाल्नेको पहिचान खुलिसकेको र चाँडै पक्राउ पर्ने बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully