प्यान बन्द गर्न घुस लिएको आरोपमा काठमाडौं–३० का लेखा अधिकृत पक्राउ

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

Account Officer of Kathmandu–30 arrested on charges of taking a bribe to close PAN

काठमाडौं — काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई २१ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले जनाएका छन्। 

कान्तिपुर

Link copied successfully