बाल संगठनको रकम ठगी आरोपमा ८ जनाविरुद्ध मुद्दा

बाल मन्दिरकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन जिल्ला कार्यसमिति काठमाडौंका सचिव राजेन्द्रकुमार श्रेष्ठ, ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, भोजपुरका तत्कालीन सभापति युरीकुमारी राई, बाल संगठनका तत्कालीन सहकोषाध्यक्ष दीपकदास श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

Case Filed Against 8 People on Charges of Embezzling Children's Organization Funds

काठमाडौँ — नेपाल बाल संगठनको रकम ठगी गरेको आरोपमा ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

बाल मन्दिरकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन जिल्ला कार्यसमिति काठमाडौंका सचिव राजेन्द्रकुमार श्रेष्ठ, ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, भोजपुरका तत्कालीन सभापति युरीकुमारी राई, बाल संगठनका तत्कालीन सहकोषाध्यक्ष दीपकदास श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

मुद्दा दर्ता हुनेमा कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, काठमाडौं जिल्ला कार्यसमितिका तत्कालीन सभापति भगवान शाक्य र ललितपुरका तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार छन् ।

प्रतिवादीमध्ये श्रेष्ठमाथि सार्वजनिक पदमा निर्वाचित भइसकेको अवस्थामा दोहोरो सुविधा दिएको आरोप छ । अन्यमाथि बाल संगठनको विधान, २०४९ तथा आर्थिक नियमावलीविपरीत नेपाल बाल संगठनको कोषबाट आर्थिक सहायता लिएको आरोप छ । 

कान्तिपुर

Link copied successfully