त्रिवि परिसरमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही नियन्त्रणमा

अनेरास्ववियुका कार्यकर्ताले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Student protest against Education Minister Pokharel on Tribhuvan University campus, some detained

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन त्रिवि स्मृति भवन जाँदै गर्दा अनेरास्ववियुका विद्यार्थीले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

कान्तिपुर

Link copied successfully