बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रिमाल

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Rimal absconding in connection with insurance and securities-related offenses

काठमाडौँ — बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–७ का रिमालविरुद्ध नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो। 

म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

विवादास्पद व्यवसायी दीपक भट्टसहित रिमालविरुद्ध  मुद्धा दर्ता भएको थियो।

कान्तिपुर

Link copied successfully