सिरहामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली, ६ जना पक्राउ

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र सिरहा प्रहरीले संयुक्त रूपमा गरेको अपरेसनमा पक्राउ परेका ६ जनामध्ये २ जनाको खुट्टामा गोली लागेको छ

श्रावण ७, २०८३

विनय आजाद

Police open fire on drug traffickers in Siraha, 6 arrested

सिरहा — सिरहाबाट प्रहरीले ७ राउन्ड गोली चलाएर ६ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिका-३ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र सिरहा प्रहरीले संयुक्त रूपमा गरेको अपरेसनका क्रममा पक्राउ परेका ६ जनामध्ये २ जनाको खुट्टामा गोली लागेको छ । सप्तरीको रुपनी गाउँपालिका-१ का ४२ वर्षीय मोहम्मद नसीर र भारतीय नागरिक २४ वर्षीय विद्यानन्द यादवको खुट्टामा गोली लागेको हो ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट २४३ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको पाठकले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully