देशभर एकैदिन ४७ विपद्‌का घटना, पहिरोमा २ जनाको मृत्यु

विपद्‌बाट एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

श्रावण ७, २०८३

रासस

47 disaster incidents in a single day across the country, 2 killed in landslides

काठमाडौँ — देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । 

ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।

गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् ।  ती घटनामा परी १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् ।  यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

रासस

Link copied successfully