पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालकुमार गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र उदयपुर स्थायी घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका विक्रमबहादुर थापा छन् ।
काठमाडौं — अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालकुमार गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र उदयपुर स्थायी घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका विक्रमबहादुर थापा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी सन्तोष खड्काले बताए ।‘चिनियाँ नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धान थालेका थियौं, त्यसक्रममा पक्राउ गरिएको हो,’ उनले भने ।
अध्यागन विभागले १२ असारमा ९ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।उनीहरूलाई छुटाएर १५ वटा राहदानीसमेत निकालिदिने भन्दै ७२ लाख रुपैयाँ डिल गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।हालसम्म उनीहरूले ९ लाख रुपैयाँ लिइसकेको भन्दै प्रहरीमा सूचना पुगेको थियो ।
त्यसक्रममा उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।