बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं — गणेश नेपाली आत्मदाह घटानको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
२५ असारमा नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए उनको उपचारका क्रममा निधन भएको थियो ।
यसअघि नेपालीको परिवारसँग सरकारले न्यायिक छनबिन समिति गठन गर्ने सहमति गरेका थिए ।
यस्तै बैठकले यसअघि सरकारले शिक्षा र स्वास्थमा लगाएको ३ प्रतिशत समता कर हटाउने निर्णय पनि गरेको छ ।
बैठकले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।
