प्रहरीले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ ।
काठमाडौँ — प्रहरीले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसएसपी अनुप शमशेर जबराले कान्तिपुरलाई बताए ।
उनका अनुसार, अग्रवाललाई बुधबार नै अदालतमा हाजिर गराइँदै छ । 'पुरानो मुद्दा भएकाले उनलाई आजै उच्च अदालत, पाटन हाजिर गराउँदैछौं,' उनले भने ।
प्रहरीका अनुसार, दीपक भट्टसमेत प्रतिवादी भएको मुद्दामा जोडिएकाले उनलाई नियन्त्रणमा लिइएको हो ।
