मित्रनगरको होटलमा भएको महिला हत्या आरोपमा २ पक्राउ

होटल माउन्टेन एल्सिभाको कोठामा साउन ३ गते महिला मृत अवस्थामा फेला परेकी थिइन् ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

2 arrested for murder of woman in Mitranagar hotel

काठमाडौँ — काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल माउन्टेन एल्सिभाको कोठामा मृत फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका बस्ने २० वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने रमेश बुढा छन्। दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार साउन ३ गते बिहान करिब ११ बजे होटलको चौथो तलाको कोठामा महिला मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोली घटनास्थल पुगेको थियो।

कान्तिपुर

Link copied successfully