गृहमन्त्री गुरुङद्वारा शनिबार पनि गोरखा प्रशासनको सेवाबारे अनुगमन

मन्त्री गुरुङले शुक्रबार राष्ट्रिय परिचयपत्र बनाएका स्मित विकलाई टेलिफोन गरेर पनि प्रशासनको सेवाबारे जिज्ञासा राखेका थिए ।

श्रावण २, २०८३

हरिराम उप्रेती

Home Minister Gurung to monitor Gorkha administration services on Saturday

गोरखा — गृहमन्त्री सुधन गुरुङले शनिबार सार्वजनिक विदाको दिन पनि जिल्ला प्रशासन कार्यालय गोरखाको अनुगमन गरेका छन्।

शनिबार झण्डै आधा घण्टा प्रशासन कार्यालयको नागरिकता र राष्ट्रिय परिचयपत्र फााटमा विताएका गुरुङले सेवाग्राहीलाई पनि फोन गरेर सेवा प्रवाहवारे जिज्ञासा राखेका थिए । 

शुक्रबार राष्ट्रिय परिचयपत्र सेवा लिन आएका गोरखा नगरपालिका–१४ देउरालीका विकलाई टेलिफोन गरेर परिचयपत्र लिन लागेको समय तथा कर्मचारीको व्यवहार र सेवाप्रवाहवारे जिज्ञासा राखेका थिए । 

उनले कर्मचारीहरुलाई नागरिकता १५ मिनेटमा वितरण हुने गरी सेवा प्रवाहमा ध्यान दिन पनि आग्रह गरेका थिए । गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न निर्देशन पनि दिएका छन् । ‘स्ट्रक्चरले आउट चेन्ज गरेर भए पनि वान डोर सिस्टमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन भन्नुभयो,’ सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने,‘कर्मचारी दरबन्दी अभावलगायतका विषयमा कार्यालयको तर्फबाट पनि कुरा राख्यौं ।’

शुक्रबार सााझ गृहजिल्ला गोरखा आइपुगेलत्तै पनि गृहमन्त्री गुरुङले प्रशासन कार्यालय पुगेर कर्मचारहरुलाई सेवा प्रवाहलाई दुरुस्त बनाउन निर्देशन दिएका थिए ।

विदाको दिन भए पनि शनिबार प्रशासनको विभिन्न शाखाको अनुगमनमा आउने उनले अघिल्लो दिन नै जानकारी गराएका थिए । गृहमन्त्री गुरुङ प्रशासन अनुगमनमा आउने जानकारी पाएका कर्मचारीहरु शनिबार कार्यलय समयमै कार्यकक्षमा पुगेका थिए ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully