स्वदेशी जुत्ता-चप्पल उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी तथा सदस्यहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

श्रावण १, २०८३

कान्तिपुर संवाददाता

Government committed to promoting domestic footwear industry: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी तथा सदस्यहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले तिनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा विशेष जोड दिइने उनले बताए ।

कान्तिपुर

Link copied successfully