एक वर्षमा २२ गैँडा मरे

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार २ वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

श्रावण १, २०८३

रासस

22 rhinos died in one year

चितवन — एक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा २ वटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार २ वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ । 

साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन् ।अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । जसमध्ये २ वटा राष्ट्रिय वन क्षेत्रमा थिए भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका थिए । सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा थिए ।

रासस

Link copied successfully