सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यहरूसँग लिखित जवाफ माग

असार २६ मा भएको अन्तरिम आदेशको गलत ब्याख्या गरेको आरोपमा अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार कारण देखाउ आदेश जारी गरेको हो ।

असार ३२, २०८३

दुर्गा दुलाल

Written responses sought from the chairman and members of the Property Investigation Commission

काठमाडौँ — सर्वोच्च अदालतको अवहेलनामा सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने आदेश भएको छ । 

असार २६ मा भएको अन्तरिम आदेशको गलत ब्याख्या गरेको आरोपमा अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले  बिहीबार कारण देखाउ आदेश जारी गरेको हो । यसअघि टेकप्रसाद ढुंगाना र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासको आदेशको प्रतिकूल हुने गरी सम्पत्ति छानबिन आयोगले असार २९ गते प्रकाशित गरेको सूचना तथा कार्यबाट अदालतको आदेशको अवहेलना भएको भन्दै अधिवक्ता सिलवालले मुद्दा दायर गरेका थिए । 

अध्यक्ष राजेन्द्रकुमार भण्डारी र सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी तथा प्रकाश लम्साल र सम्पत्ति आयोगका नाममा सर्वोच्चले लिखित जवाफ माग्ने आदेश जारी गरेको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully