आर्थिक वर्ष परिर्वतनको अघिल्लो दिन परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — न्याय परिषद्ले १ सय ५७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बिहीबारको परिषद्को बैठकले २ वर्ष अवधि पूरा गरेका जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बसेको परिषद्को बैठकले काठमाडौं जिल्ला अदालत, विभिन्न अदालतमा कार्यरत रहेका जिल्ला न्यायाधीशको सरुवा गरेको हो । आर्थिक वर्ष परिर्वतनको अघिल्लो दिन परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सरकारलाई परामर्श दिएको छ । विशेष अदालतका अध्यक्षको पनि सरुवा भएकाले नयाँ अध्यक्ष तोक्न परामर्श दिइएको हो ।
श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरेको छ भने राजस्व न्यायाधीकरणमा धुव्रराज नन्द, अन्जु उप्रेती ढकाल र दिपेन्द्रबहादुर बमलाई तोक्न सरकारलाई परामर्श दिने न्याय परिषद्ले निर्णय गरेको छ ।
