पीडितको तर्फबाट गृहमन्त्री गुरुङलाई बुझाएको ६ बुँदे मागसहितको मस्यौदा अहिले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई पठाइएको छ ।
निजगढ — मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीचको वार्ता केही समयका लागि रोकिएको छ । गृहमन्त्री गुरुङ वार्तास्थलबाट बाहिरिएका छन् ।
पीडितको तर्फबाट गृहमन्त्री गुरुङलाई बुझाएको ६ बुँदे मागसहितको मस्यौदा अहिले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई पठाइएको छ । गृहमन्त्री गुरुङले पठाएको मस्यौदा मुख्यसचिव कार्कीले अध्य्यन गरेर पठाएपछि वार्ता निष्कर्षमा पुग्न सक्ने मिटरब्याज पीडित पैदल मार्चका अगुवा एवम् जेन-जी अभियन्ता लक्ष्मी घिमिरेले बताइन् । उनका अनुसार वार्ता आजै पुन: हुनेछ ।
मस्यौदामा केही कानुनी बाधा अडचन देखिएको भन्दै गृहमन्त्री गुरुङले दीर्घकालीन समाधानको उपाय खोजिनु पर्ने सुझाव दिएका छन् । मस्यौदाका बुँदाहरु अहिले सार्वजनिक गरिएको छैन ।
