पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो ।
काठमाडौँ — सर्वोच्च अदालतले सेवानिवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सम्पत्ति छानबिन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासले यस्तो आदेश गरेको हो । सिंहले न्यायाधीशको सम्पत्ति विवरण माग्न नपाइने भन्दै सम्पत्ति छानबिन आयोगविरुद्ध अन्तरिम आदेश माग गरेका थिए ।
उनले सम्पत्ति विवरण बुझाउन नचाहेको नभई गैरसंवैधानिक कदमविरुद्ध अदालत पुगेको र अदालतबाट सोहीअनुरुप आदेश भएको बताए ।
