काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । २३ असारमा अदालतले प्रतिवादी ३१ मध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाई र ८ जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो ।
सजाय निर्धारणका लागि २९ असारमा पेशी तोकिएकामा सोमबार मुद्दाको सुनुवाई नसकिएपछि 'हेर्दाहेर्दै'मा राखिएको थियो ।
कसलाई कति सजाय ?
