पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गर्दै ३२ असारमा सजाय निर्धारणका लागि पेशी तोकेको छ ।

असार ३०, २०८३

दुर्गा दुलाल

Former provincial chief Rajesh Ahiraj found guilty in rape case

काठमाडौं — जिल्ला अदालत काठमाडौंले पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा)लाई बलात्‍कार मुद्दामा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार अहिराजलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गर्दै ३२ असारमा सजाय निर्धारणका लागि पेशी तोकेको छ ।

अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुन् । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक/प्रकाशक थिए । उनले मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी समेत गरेका छन् ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully