मिडिया हाउसको मूल गेटमा शंकास्पद गाडी राखिएकोमा एमालेद्वारा भर्त्सना

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सोमबार विज्ञप्ति जारी गरी मिडिया हाउसअघि शंकास्पद गाडी राखेर आतंकित बनाएको जनाएका छन् ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

UML condemns suspicious vehicle parked at the main gate of Media House

काठमाडौं — एमालेले कान्तिपुर, अनलाइन खबर र हिमाल टेलिभिजन कार्यालयको मूल गेटमा शंकास्पद गाडी राखिएमा आपत्ति जनाएको छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सोमबार विज्ञप्ति जारी गरी मिडिया हाउसअघि शंकास्पद गाडी राखेर आतंकित बनाएको जनाएका छन् ।

‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरमा रहेको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो ।’

एमालेले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको  भर्त्सना गर्दछ ।'

कान्तिपुर

Link copied successfully