जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी पवन भट्टराईले भने, ‘मानिसको मृत्यु भएको घटनामा कानुनी प्रक्रियाअनुसार जाहेरी दर्ता हुन्छ। यही प्रक्रियाअनुसार जाहेरी दर्ता भएको हो ।’
काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा मृत्यु भएका गणेश नेपालीका परिवारले जिल्ला प्रहरी वृत्त, कालिमाटीमा किटानी जाहेरी दर्ता गराएका छन्।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको घटनाकै कारण नेपालीको ज्यान गएको दाबी गर्दै घटनाको अनुसन्धान गरी कानुनी कारबाही गर्न मागसहित जाहेरी दर्ता गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी पवन भट्टराईले किटानी जाहेरी दर्ता भएको पुष्टि गरे।‘मानिसको मृत्यु भएको घटनामा कानुनी प्रक्रियाअनुसार जाहेरी दर्ता हुन्छ। यही प्रक्रियाअनुसार जाहेरी दर्ता भएको हो,’ उनले कान्तिपुरसँग भने।
यसअघि आइतबार नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ।
