गणेश नेपालीको सोमबार पशुपतिमा अन्त्येष्टि गरिने

गणेशको अन्तिम दाहसंस्कार भोलि पशुपति आर्यघाटमा गरिने मृतकका भतिज मनबहादुर नेपालीले बताए ।

असार २८, २०८३

विशाल कार्की

काठमाडौँ — आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको सोमबार अन्त्येष्टि गरिने भएको छ ।

सरकारसँग घटना अनुसन्धानका लागि स्वतन्त्र छानबिन समिति बनाउनेलगायत आइतबार ९ बुँदे सहमतिपछि नेपालीको अन्त्येष्टिबारे टुंगो लागेको हो । मृतकका भतिज मनबहादुर नेपालीले गणेशको अन्तिम दाहसंस्कार भोलि पशुपति आर्यघाटमा गरिने बताए ।

बिहीबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो । मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । 

सम्बन्धित समाचार

विशाल

Link copied successfully