काठमाडौं उपत्यकासहितका केही नदीमा आकस्मिक बाढीको जोखिम

ती नदीमा उल्लेख बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

असार २७, २०८३

कान्तिपुर संवाददाता

Risk of Flash Floods in Some Rivers Including Kathmandu Valley

काठमाडौँ — काठमाडौं उपत्यकासहितका केही नदीमा आकस्मिक बाढीको जोखिम देखिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेकाले यी जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

साथै, ताप्लेजुङ,पाँचथर,  संखुवासभा, खोटाङ, नुवाकोट, रसुवा धादिङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्कीका नदीहरुमा पनि बहाव उल्लेख बढ्ने अनुमान छ । बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, दाङ, प्युठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जाजरकोट, जुम्ला, दार्चुला आसपास भई बग्ने नदीमा उल्लेख बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

गएरातिको अविरल वर्षाका कारण बागमतीको बाढी पस्दा काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् ।

लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् ।

कान्तिपुर

Link copied successfully