साउनमा पनि सर्वोच्च अदालत नियमित चल्ने

सर्वोच्च अदालतले शुक्रबार सूचना जारी गर्दै साउन ८ गतेदेखि प्रत्यार्थी झिकाउने आदेश नभएका नेपाल सरकारवादी हुने फौजदारी मुद्दाको पुनरावेदन अन्य एकतर्फी सुनुवाइ हुने निवेदन सुनुवाइ गर्ने भएको छ ।

असार २६, २०८३

दुर्गा दुलाल

The Supreme Court will continue to operate regularly even in Saun

काठमाडौँ — सर्वोच्च अदालतले साउन ४ देखि ७ गतेसमम्म दोहोर्‍याइ पाउ तथा अनुमति निवेदन सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले शुक्रबार सूचना जारी गर्दै साउन ८ गतेदेखि प्रत्यार्थी झिकाउने आदेश नभएका नेपाल सरकारवादी हुने फौजदारी मुद्दाको पुनरावेदन अन्य एकतर्फी सुनुवाइ हुने निवेदन सुनुवाइ गर्ने भएको छ । 

साउन ११ गतेबाट मुद्दा तथा निवेदनहरु पूर्ववत रुपमा नियमित सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । आर्थिक वर्ष परिवर्तन हुँदा केही समय मुद्दा सुनुवाइ नगर्ने अभ्यास छ । तर यस वर्ष सुनुवाइ नियमित राख्ने उद्देश्यले केही निश्चित मुद्दा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully