काठमाडौंमा अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु

त्यसक्रममा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Pedestrian killed after oxygen cylinder explodes in Kathmandu

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा बिहीबार बिहान अक्सिजन सिलिन्डर पड्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको बा प्र ०६–००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुईवटा फायर एक्स्टिङ्गुइशर र एउटा सानो अक्सिजन सिलिन्डर एक्कासी पड्किएका थिए ।

त्यसक्रममा पैदलयात्री बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो । तर, बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी पवनकुमार भट्टराईले बताए ।

घटनाको थप कारण खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully