गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले सांसद सुब्बा

प्रतिनिधिसभा बैठकमा सांसद भूमिका लिम्बू सुब्बाले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

असार २६, २०८३

न्युज एजेन्सी नेपाल

The government must take responsibility for Ganesh Nepali's death: UML MP Subba

काठमाडौँ — प्रतिपक्ष दल एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोटरसाइकल पार्किङ र जरिवानाको विषयपछि उनले आत्मदाह गर्ने निष्कर्षमा पुग्नुपरेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताइन् । सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भीर नभएको आरोप लगाइन् ।

उक्त मृत्यु प्रकरणको दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग उनले माग गरिन् ।

‘गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ । यो मृत्यु एउटा व्यक्तिको मृत्यु मात्रै होइन । यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्थापन गर्नका लागि म जोडदार माग गर्दछु,’ उनले भनिन् ।

सांसद सुब्बाले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।

न्युज

Link copied successfully