घाइते मण्डललाई हेलिकोप्टरबाट काठमाडौं लगियो

गोडैता नगरपालिका- १० का ४२ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।

असार २६, २०८३

शिव पुरी

The injured Mandal was airlifted to Kathmandu by helicopter.

रौतहट — सर्लाहीको गोडैतामा शुक्रबार शरीरमा पेट्रोल खन्याएर आत्महत्या प्रयास गरेका विवेक मण्डललाई साझ नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । 

गोडैता नगरपालिका- १० का ४२ वर्षीय विवेकले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।

थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । आगोले मण्डलको शरीरको अधिकांश भाग जलेको छ । घटनापछि मण्डललाई उपचारका लागि सदरमुकाम मलंगवा लगिएको थियो । उनले आत्महत्या प्रयास गर्नु कारण बारे अनुसन्धान भइ रहेको डिएसपी गौतमले जानकारी दिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully