गणेश नेपालीको मृत्युबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीआईजी थपलियाको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीलाई समेत समेटेर ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।

असार २६, २०८३

गौरव पोखरेल

A committee led by a DIG to investigate the death of Ganesh Nepali

काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा समिति बनेको छ । 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीआईजी थपलियाको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीलाई समेत समेटेर ५ सदस्यीय छानबिन समिति बनाइएको हो । समितिलाई नेपालीको मृत्युअघि भएका घटनाको अध्ययन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको उपत्यका प्रहरीका एक अधिकृतले बताए । 

बिहीबार नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विललक लगाइदिएको थियो । आफ्नो बाइकमा ह्विललक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रहरीको भनाइ छ । लगत्तै उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शुक्रबार निधन भएको छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully