प्रतिनिधिसभा बैठकमा सांसद यशुदाकुमारी बरालले भनिन्- 'उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानवअधिकार हनन हुन्छ कि हुँदैन ? यी गरिबका आँसु धेरै महँगा हुनेछन् ।’
काठमाडौँ — एमाले सांसद यशुदाकुमारी बरालले सरकारले सुकुमवासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुमवासीलाई सडकमा धकेल्दा उनीहरुको मानवअधिकार हनन हुन्छ कि हुँदैन भनी सरकारलाई प्रश्न गरिन् । सांसद बरालले सुकुमवासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराइन् ।
‘सुकुमवासी जनता हुन कि होइनन् ? उहाँहरुले बाँच्न पाउने कि नपाउने ? उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानवअधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरुले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुहुन्छ कि हुन्न ? र, यी गरिबका आँसु धेरै महँगा हुनेछन् । यस विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
