नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर १४ जनाको सजाय निर्धारण असार २९ मा

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार कसुर ठहर गरेको र सजाय भने अर्को पेसीमा निर्धारण गर्ने आदेश गरेको हो ।

असार २३, २०८३

दुर्गा दुलाल

Fake Bhutanese refugee case: Sentence of 14 found guilty to be fixed on Ashad 29

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले दोषी ठहर भएका १४ जना प्रतिवादीहरुलाई सजाय भने असार २९ गते सुनाउने भएको छ । 

दोषी ठहर भएका आरोपितहरुलाई सजाय भने अर्को पेसीमा निर्धारण हुने आदेश आजै गरिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार कसुर ठहर गरेको र सजाय भने अर्को पेसीमा निर्धारण गर्ने आदेश गरेको हो । 

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा ८ र ९ अनुसार सजाय निर्धारण गर्ने छ ।  

जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डेसहितलाई दोषी ठहर गरेको छ ।

सम्बन्धित समाचार

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully