बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित

सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।

असार २३, २०८३

न्युज एजेन्सी नेपाल

Accounts Committee meeting postponed due to lack of agreement on formation of Beruju subcommittee

काठमाडौँ — बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि सार्वजानिक लेखा समितिको बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ । 

मंगलबार बिहान बसेको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन गर्ने कार्यसूची थियो । तर उपसिमितिको संयोजक चयनमा विषयमा कुरा नमिलेपछि बैठक आजै दिउँसोसम्मका लागि स्थगित भएको हो ।

सार्वजानिक लेखा समितिले पाँच वटा उपसमिति गठन गर्न लागेको छ । अर्थ सुशासन उपसिमिति, राज्य सुरक्षा, न्याय, कानुन र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानव पुँजी उपसमिति र  सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति छन् । सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षी दलहरुले विरोध गरेका छन् ।

न्युज

Link copied successfully