सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

मनसुनजन्य जोखिमको क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा पनि सभामुखले जोड दिए ।

असार २२, २०८३

न्युज एजेन्सी नेपाल

Speaker directs government to respond to questions raised by MPs

काठमाडौँ — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् । सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि उनले निर्देशन दिए ।

‘माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने । 

मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिए ।

न्युज

Link copied successfully