विराटनगर पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङ शनिबार बिहान विराटनगर पुगे पनि भ्रमणको उद्देश्य र कार्यक्रमबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

असार २०, २०८३

पर्वत पोर्तेल

Home Minister Gurung reaches Biratnagar

विराटनगर — गृहमन्त्री सुदन गुरुङ शनिबार बिहानै विराटनगर पुगेका छन् । उनी बिहान १० बजेर ५७ मिनेटमा बुद्ध एयरको जहाजबाट विराटनगर विमानस्थलमा ओर्लिएका थिए ।

गृहमन्त्री गुरुङले विराटनगरमा जिल्ला प्रशासन, कारागार कार्यालय, प्रदेश प्रहरीलगायतका कार्यालयको निरीक्षणमा गरिरहेका छन् । लगत्तै इटहरीको पकलीस्थित सशस्त्र प्रहरीको प्रदेश कार्यालयको निरीक्षण गर्ने योजना छ । 

विराटनगरस्थित एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्रीको विस्तृत कार्यक्रमबारे कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन।  

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङले झापा, मोरङ र सुनसरीलगायत जिल्लाको सीमा सुरक्षा अवस्था, विपद् तयारी तथा प्रशासनिक गतिविधिलगायत  विषयको अनुगमन गर्ने सम्भावना छ। यद्यपि, गृह मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको छैन।

गृहमन्त्रीको भ्रमणलाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गोप्य राखिएको एक सुरक्षा अधिकारीले जनाए। 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully