अख्तियारका डीआईजी खनालसहित अधिकांश उच्च प्रहरी अधिकृतको सरुवा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनाल प्रहरी प्रधान कार्यालय, नक्सालको कार्य विभागमा सरुवा भएका छन् ।

असार १९, २०८३

कान्तिपुर संवाददाता

Most of the top police officers, including CIAA DIG Khanal, have been transferred.

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालसहित अधिकांश उच्च अधिकारीहरूको सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि खनालसहित उच्च अधिकृतहरूको सरुवा भएको  प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । खनाल प्रहरी प्रधान कार्यालय, नक्सालको कार्य विभागमा सरुवा भएका छन् ।

अख्तियारमा कार्य विभागका डीआईजी अरुण पौडेल पठाइएका छन् । शुक्रबार गृहमन्त्री सुधन गुरुङको निर्णयबाट यो सरुवा भएको हो । यसअघि अख्तियारमा कार्यरत २ प्रहरी उपरीक्षक, ६ प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको थियो । सरुवा हुने डीएसपीमा उमेश लम्साल, मदनजित महरा, गौतम थापा लगायत छन् । उनीहरू सबै अख्तियारको प्रहरी महाशाखा अन्तर्गत खटिँदै आएका थिए । 

यो सरुवा पासपोर्ट खरिदमा भएको अनियमितताको अनुसन्धानसँग जोडिएको अधिकृतहरुको दाबी छ ।Most of the top police officers, including CIAA DIG Khanal, have been transferred.

कान्तिपुर

Link copied successfully