पर्यटनमन्त्री खड्कराज पौडेलले बुधबार र बिहीबार गरी पटकमा पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समितिमा २४ जना पदाधिकारी मनोनयन गरेका हुन्।
What you should know
काठमाडौँ —
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका पाँच वटा निकायमा २४ जना पदाधिकारी मनोनयन गरेको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार पर्यटनमन्त्री खड्कराज पौडेलले बुधबार र बिहीबार गरी पटकमा पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समितिमा २४ जना पदाधिकारी मनोनयन गरेका हुन्।
मनोनयनअनुसार पशुपति क्षेत्र विकास कोषमा ७, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४, बौद्धनाथ क्षेत्र विकास समितिमा ६, पाटन दरबार संग्रहालय विकास समितिमा ३ तथा हनुमानढोका दरबार संग्रहालय विकास समितिमा ४ जना नियुक्त भएका छन् ।
पशुपति क्षेत्र विकास कोषमा तीर्थप्रसाद श्रेष्ठ सदस्य सचिव, मीना कुमारी श्रेष्ठ कोषाध्यक्ष तथा केदारराम भण्डारी, गंगासागर बानियाँ, सङ्गीता कुमारी राम, रूपा शाही वास्तोला र राम शोभित नायक सदस्यमा मनोनयन भएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा पुरुषोत्तम भट्टराई अध्यक्ष तथा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद दुंगेल र नेत्रप्रसाद अधिकारी सदस्यमा मनोनयन भएका छन्।
बौद्धनाथ क्षेत्र विकास समितिमा सन्तपूर्णकुमार लामा अध्यक्ष तथा विशाल लामा, निर्मिक्ता थिंह लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल सदस्यमा मनोनयन भएका छन्।
पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन सदस्यमा मनोनयन भएका छन्। हनुमानढोका दरबार संग्रहालय विकास समितिमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल सदस्यमा मनोनयन भएका छन्।
मन्त्रालयले यसअघि कुल १७ वटा निकायमा पदाधिकारी नियुक्तिका लागि वैशाख ३१ गते खुला सूचना जारी गरेको थियो। मन्त्रालयका अनुसार पशुपति क्षेत्र विकास कोषमा ४७६, बौद्धनाथ क्षेत्र विकास समितिमा १३४, हनुमानढोका दरबार संग्रहालय विकास समितिमा १००, पाटन दरबार संग्रहालय विकास समितिमा ९९ तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाले आवेदन दिएका थिए ।
