एमाले नेता पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा पेसी

सर्वोच्चमा आज हुने बहसले उनलाई थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ ।

असार १८, २०८३

दुर्गा दुलाल

UML leader Poudel's habeas corpus petition presented before a bench of Justices Sharma and Pandey

काठमाडौँ — एमाले नेता विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ। 

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्रीसमेत रहेका पौडेल विशेष अदालतको आदेशले थुनामा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्ध देखिएको भन्दै ८ असारले पक्राउ गरेको थियो ।

विशेषले पछिल्लो पटक असार १५ मा तीन दिन म्याद थप गरेको थियो । उक्त म्याद आज सकिँदै छ। पौडेलकी श्रीमती दोमाया पौडेलले सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै निवेदन दिएकी थिइन् । उक्त निवेदनमा यसअघि कारण देखाउ आदेश जारी गर्दै  विभिन्न फाइल मगाएको थियो ।

सर्वोच्चमा आज हुने बहसले उनलाई थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ । सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएमा पौडेलको हकमा म्याद थप हुनेछैन नत्र विशेषवाट पून म्याद थप हुनेछ ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully