दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता यात्रु खोज्न एपीएफको गोताखोर परिचालन

कर्णाली नदीमा खसेको गाडीमा सवार यात्रुहरूको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित भएको छ भने एक जनाको शव फेला परेको छ ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Dailekh accident: APF divers mobilized to search for missing passengers in Karnali

काठमाडौँ — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटनामा बेपत्ता यात्रु खोज्न सशस्त्र प्रहरी बल(एपीएफ)को गोताखोर परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट दिउँसो ६ जना गोताखोरसहितको थप टोली परिचालन गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी गति अनियन्त्रित भई सडकबाट तल कर्णाली नदीमा खसेको थियो ।

बिहीबार बिहान साढे ११ बजेतिर दुर्घटना भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो ।

प्रहरी टोलीले भीरमा अड्किएको अवस्थामा एक जनाको शव निकालेको छ । गाडीमा कति यात्रु चढेका थिए भन्ने यकिन जानकारी खुलेको छैन । 

कान्तिपुर

Link copied successfully