राहदानी छपाइ अनियमितता प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश

विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।

असार १५, २०८३

कान्तिपुर संवाददाता

Passport printing irregularities case: Order to release then Director General Aryal and others on bail

काठमाडौँ — विशेष अदालतले राहदानी छपाइ अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना आरोपितहरूसँग धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।

त्यस्तै अरू कर्मचारीहरू सोमेश थापासँग ३ लाख, विपिन प्रसाईंसँग ३ लाख र  जर्मन कम्पनीको नेपाल प्रतिनधि मणीन्द्रराज मल्लसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।

कान्तिपुर

Link copied successfully