जेन-जी घटनाका विषयमा रमेश लेखकले मागे मानव अधिकार आयोगसँग सूचना

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले मानवअधिकार आयोगसमक्ष आफूलाई दोषी करार गर्ने श्रव्यदृश्य र लिखित प्रमाणहरू माग गरेका छन् ।

असार १४, २०८३

दुर्गा दुलाल

Ramesh Lekhak seeks information from the Human Rights Commission regarding the Gen-G incident

काठमाडौं — पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनामा आफूलाई दोषी करार गरेकोमा राष्ट्रिय मानव अधिकार आयोगसँग प्रमाण माग गरेका छन् । आइतबार आयोगको कार्यालय हरिहरभवन ललितपुर पुगेर लेखकले  सूचनाको हकसम्बन्धी निवेदन दिँदै दोषी करारको श्रव्य दृश्य प्रमाण माग गरेका हुन् । 

उनले 'प्रमाणित प्रतिलिपि (सूचना) उपलब्ध गराई पाउँ’ भनि निवेदनमा उल्लेख गरेका छन् । आफूबाट मानव अधिकार उल्लंघन भएको भनी आयोगले गरेको निर्णयप्रति असहमति रहेको र के-कस्तो आधार ग्रहण गरी मानव अधिकार उल्लंघनकर्ताको संज्ञा प्रदान गरियो भन्नेमा लेखकले समष्टिगत जानकारी निवेदनमा माग गरेका छन् ।

उक्त विषयको जानकारी प्राप्त गरी मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तराष्ट्रिय फोरममा आफ्नो पक्ष प्रस्तुत गर्न चाहेको उनको भनाइ छ । भदौ २३ र २४ को घटनाबारे आफ्नो पक्ष सार्वजनिक गर्न साथै आवश्यक देखिएमा संवैधानिक र कानुनी उपचारको बाटो अवलम्बन गर्ने लेखकले निवेदनमा लेखेका छन् ।

लेखकले आयोगकी सदस्य लीली थापाको संयोजकत्वमा अनुसन्धान तथा छानबिन समिति गठन गर्दा गरेको कार्यादेशसहितको सम्पूर्ण निर्णय, उक्त समितिले तयार गरेको प्रतिवेदन र प्रतिवेदन संलग्न श्रव्यदृश्य एवं लिखत कागजलगायत सम्पुर्ण विद्युतीय र लिखित प्रमाणहरू, प्रतिवेदनको आधारमा आयोगले गरेको निर्णय र आयोगले सरकारलाई प्रेषित गरेको सिफारिससहितको प्रतिवेदन मागेका छन् ।Ramesh Lekhak seeks information from the Human Rights Commission regarding the Gen-G incident

Ramesh Lekhak seeks information from the Human Rights Commission regarding the Gen-G incident

Ramesh Lekhak seeks information from the Human Rights Commission regarding the Gen-G incident

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully