गढीमाई- १ का ८ वर्षीय अनिकेश यादव र ८ वर्षीय आदित्य यादव नदीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
रौतहट — रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीको समनपुर हरैयाघाटमा नुहाउने क्रममा आइतबार २ बालकको डुबेर मृत्यु भएको छ ।
गढीमाई-१ का ८ वर्षीय अनिकेश यादव र ८ वर्षीय आदित्य यादव नदीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ आदित्यको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै बालकलाई नुहाउने क्रममा बागमतीले बगाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
