रास्वपा महाधिवेशन : मध्यरातिदेखि  मतदान प्रक्रिया सुरु

९९ केन्द्रीय सदस्यका लागि ३ सय ७९ उम्मेदवार चुनावी मैदानमा ।

असार ११, २०८३

जयसिंह महरा

RSVP General Convention: Voting process begins at midnight

चितवन — भरतपुरमा जारी रास्वपा महाधिवेशनमा बुधबार मध्यरातिदेखि  मतदान प्रक्रिया सुरु भएको छ ।

झन्डै दुई घन्टा प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेपछि  राति १२ बजेदेखि मतदान सुरु भएको हो । मतदानको समय बिहीबार दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ । 

९९ पदका लागि ३ सय ७९ जनाको उम्मेदवारी परेको थियो । उक्त सूची सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध परेका दाबी–विरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूची सार्वजनिक भएको र  २ सय ४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।

पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको निर्वाचन हुने रास्वपाको विधानमा व्यवस्था छ। सभापतिमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेका छन्। ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो ।

अपडेट

  • उम्मेदवारको अद्यावधिक तथ्यांक राखिएको।

रास्वपा महाधिवेशन

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully