वर्षा भएपछि पार्टीका सदस्य, शुभेच्छुक र समर्थकहरूले राहत महसुस गरेका छन् ।
काठमाडौँ — चर्को गर्मीका बीच भरतपुरमा जारी रास्वपा महाधिवेशनस्थलमा वर्षा भएपछि पार्टीका सदस्य, शुभेच्छुक र समर्थकहरूले राहत महसुस गरेका छन् ।
रास्वपा महाधिवेशनको उद्घाटन सत्र सुरु भइसकेको छ । पार्टीका महामन्त्री कर्विन्द्र बुर्लाकोटीले ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएको बताए ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन् । महाधिवेशनबाट सभापतिसहित १९ पदाधिकारी र १ सय ५८ केन्द्रीय सदस्य (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) चयन हुनेछन् ।
रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा भइरहेको छ भने बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।