कक्षा १२ मा यस्तो छ विद्यार्थीले ल्याएको जीपीए

यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ ।

असार ५, २०८३

सुदीप कैनी

This is the GPA achieved by students in grade 12.

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ। समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएकामा बोर्डले ४० दिनभित्रै प्रकाशन गरेको हो ।

This is the GPA achieved by students in grade 12.

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully