अमेरिका पुर्‌याइएका आकाश भैरवका दुई मुकुट ३४ वर्षपछि दाेलखा ल्याइयो

नक्छे प्रधान खलककाे कुल घरबाट चाेरी भएर अमेरिकी संग्रहालयमा फेला परेका आकाश भैरवका दुई मुकुट फिर्ता ल्याएर बिहीबार दोलखामा पुर्‌याइएको छ।

असार ४, २०८३

केदार शिवाकोटी

Two crowns of Akash Bhairav ​​brought to Dolakha after 34 years, brought to America

दाेलखा — ऐतिहासिक सम्पदा बस्ती दाेलखाबाट ३४ वर्षअघि चाेरी भएका ´हाथ्य देउ` अर्थात आकाश भैरवका दुई थान मुकुट बिहीबार दोलखा फिर्ता ल्याइएको छ ।

२०५० र ०५१ सालमा चाेरी भएका आकाश भैरवका दुवै मुकुट अमेरिका पुर्‌याइएकाे  थियाे । पुरातात्त्विक महत्त्वका दुवै मुकुटलाई सम्पदा संरक्षण अभियानकर्ताले अमेरिकी संग्रहालयमा फेला पारेपछि फिर्ता ल्याउने पहल गरेका थिए । अमेरिकाकाे छुट्टाछुट्टै संग्राहलयमा फेला परेका दुवै मुकुटलाई प्रमाण पेस गरेर फिर्ता गरिएकाे हाे ।

२०८० सालमा अमेरिकी संग्रहालयबाट फिर्ता भएका दुवै मुकुटलाई छाउनीस्थित नेपाली सेनाकाे संग्रहालयमा राखिएकाे थियाे । दाेलखाका नक्छे प्रधान खलककाे कुल घरबाट चाेरी भएका आकाश भैरवका दुवै मुकुटलाई सेनाले स्थानीयलाई हस्तान्तरण गरेपछि फिर्ता ल्याइएको भीमेश्वर नगरपालिका-२ का अध्यक्ष स्टालिन श्रेष्ठले बताए । दुवै आकाश भैरवका मुकुटलाई बाजागाजासहित दाेलखा भित्र्याइएकाे उनले बताए । दुवै मुकुटकाे  बिहीबार नै नगर परिक्रमा गराएर प्रतिष्ठान गरिएको उनले बताए ।

केदार

Link copied successfully