असार तेस्रो हप्तादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको मन्त्री रावलको टिप्पणी

असार ३, २०८३

कान्तिपुर संवाददाता

Red certificates to be distributed to Sukum residents from third week of Ashar

काठमाडौँ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुमवासीहरूलाई लालपुर्जा वितरण कार्य सुरू गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुकुमवासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिइन् । मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गरिन् ।

उनले विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद रहेको बताउँदै सरकारले संरचनात्मक परिवर्तन गरेको बताइन् ।

अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुमवासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उनले बताइन् । 

कान्तिपुर

Link copied successfully