राहदानीसँग जोडिएको खरिदमा अनियमितता आरोपमा अनुसन्धान भइरहेको र त्यही क्रममा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियारसम्बद्ध स्रोतले जानकारी दियो ।
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका अख्तियारको टोलीले अर्याललाई धनगढीबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
राहदानीसँग जोडिएको खरिदमा अनियमितता आरोपमा अनुसन्धान भइरहेको र त्यही क्रममा अर्याललाई नियन्त्रणमा लिइएको अख्तियारसम्बद्ध स्रोतले जानकारी दियो ।